शीर्षकहरू

एनबीआइले उद्योगीलाई ८ विधामा सम्मान गर्ने

एनबीआइले उद्योगीलाई ८ विधामा सम्मान गर्ने

काठमाडौं । राष्ट्रिय व्यवसायीक पहल(एनबीआई)ले उद्योगीलाई सम्मान गर्ने भएको छ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापन निजी क्षेत्रको योगदानको सम्मान गर्ने भएको हो ।

नेपालमा जिम्मेवार व्यवसायका लागि अभियान सञ्चालन गर्दै आएको व्यवसायीहरुको संस्था (एनबीआई)ले विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम आयोजना गर्ने भएका एनबीआईका अध्यक्ष कुशकुमार जोशीले बताए । 

उक्त सम्मान कार्यक्रम आउँदो जेठ २३ गते आयोजना हुन लागेको एनबीआईले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एनबीआईका अध्यक्ष जोशीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि यो एउटा बृहत कार्यक्रम भएको बताए ।

व्यवसायिक क्षेत्रका लागि पूर्वतयारी, दिगोरुपमा व्यवसाय गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई प्रोत्साहन गर्न मद्दत पुग्ने जोशीको तर्क थियो । 

त्यस्तै यो सम्मानले उद्योगीहरुमा भूकम्प, कहिले नाकावन्दी, कहिले कोरोना महामारी, कहिले आर्थिक मन्दीलाई हेदै जाँदा नेपालमा व्यवसायिक निरन्तरता कसरी हुनसक्छ भन्ने  आँकडा समेत थाहा पाउन सकिने जोशीको भनाइ छ ।  उनले भने, ‘भूइँचालो जहिले पनि जानसक्छ । यस्ता कुरामा जबसम्म व्यवसायी सक्षम र पूर्वतयार रहनसक्दैनन्, तबसम्म व्यवसायिक विकास हुनसक्दैन् ।’  

एनवीआईले दुई खण्डमा गर्न लागेको यस कार्यक्रममा ठूला, मझौला र साना उद्योगलाई पुरस्कृत गरिनुका साथै अन्तरक्रियासमेत गरिने छ । उत्थानशील अर्थतन्त्र निर्माणमा विपद व्यवस्थापनको महत्व र विपद व्यवस्थापन तथा व्यवसय निरन्तरतामा निजी क्षेत्रको बढ्दो भूमिका बारेमा हुने अन्तरक्रियामा एशियाका विभिन्न मुलुकबाट विपद व्यवस्थापन विज्ञ र नेपाली विज्ञ सहभागी हुने जोशीले जानकारी दिए । 

एनबीआइले वितरण गर्ने आठ वटा विधाको सम्मानको जुरीहरुमा एनवीआईका पूर्वअध्यक्ष पद्य ज्योतिको संयोजक रहेको एक कमिटी बनाएको जोशीले जानकारी दिए । उक्त जुरीमा अन्य विज्ञहरुमा द्धन्द्ध विज्ञ बालानन्द शर्मा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक विनोदकृष्ण श्रेष्ठ, अनिल पोखरेल र कृष्णा कार्की रहेका छन । जुरीले प्रश्नावली बनाएर त्यसमा आएका उत्तरका आधारमा विश्लेषण गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनीय योगदान गर्ने उद्योगहरुलाई पुरस्कृत गर्न छनौट गर्नेछ ।

उद्योग मन्त्रालय र सम्वन्धित् निकायहरुको समेत सहभागिता रहने कार्यक्रममा देशभरीका उद्योग व्यवसायलाई सहभागिताका लागि पहल भइरहेको बताउँदै अध्यक्ष जोशीले जेठ २३ को कार्यक्रममा तीन सयभन्दा बढीको सहभागिता रहने बताए । उनले व्यवसायिक वातावरण विकास, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, संस्थागत सामाजिक उत्तरदायित्व प्रवद्र्धन, आधुनिक दासत्व निवारणका क्षेत्रमा एनवीआई क्रियाशील रहँदै आएको छ ।