शीर्षकहरू

भारत सरकारद्वारा प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

भारत सरकारद्वारा प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा

एजेन्सी । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तर, यसका लागि न्यूनतम निर्यात मूल्य (एमईपी) ५५० डलर प्रति मेट्रिक टन  तोकिएको छ । निर्यात हुने प्याजको मूल्य प्रति मेट्रिक टन न्यूनतम ४५ हजार ८ सय रुपैयाँ भारु पर्नेछ ।

यो आदेश आजदेखि लागू भई अर्को आदेश नभएसम्मका लागि मान्य रहने छ । यसका साथै सरकारले प्याज निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ । गत डिसेम्बरमा प्याजको मूल्य ७० देखि ८० रुपैयाँमा पुगेपछि सरकारले प्याज निर्यातमा रोक लगाएको थियो ।

गत वर्षको डिसेम्बरमा सरकारले ३१ मार्च २०२४ सम्म प्याज निकासीमा प्रतिबन्ध लगाए पनि त्यसपछि देशको अनुरोधका आधारमा प्याज पठाउन अनुमति दिइएको थियो । यसपछि गत महिना नै सरकारले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध अर्को आदेशसम्म लम्ब्याएको थियो ।

निकासी प्रतिबन्ध बढेपछि व्यापारी र किसानहरू विशेष गरी महाराष्ट्रका किसानहरूले निर्यात प्रतिबन्ध हटाउन माग गर्दै आएका छन्। यसबाट किसानले राम्रो मूल्य पाउन सघाउने उनले बताए । अब मे ७ मा लोकसभा चुनावको तेस्रो चरणको मतदान हुन लागेको बेला सरकारले प्रतिबन्ध फुकुवा गरेको छ ।