शीर्षकहरू

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ ।                                      

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।