शीर्षकहरू

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच शेयर सम्बन्धी सम्झौता

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच शेयर सम्बन्धी सम्झौता

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले ‘वे टु लिष्टिङ’ सेवा अन्तर्गत धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउन सम्झौता भएको छ । सोही सेवा अन्तर्गत हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडलाई आइपीओ जारी गरि सूचिकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिल कुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
 
नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल भारतीय चेन  होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरि यो होटल सञ्चालनमा रहेको छ । हाल परिवर्तित गण्डक, वहुवरी­१४, विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले  गरि ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको छ । 

भारतिय पर्यटकहरुलाई समेत लक्षित गरि विभिन्न व्यावसायिक योजनाहरु मार्फत आतिथ्यता प्रदान गर्दै आइरहेको छ । क्लार्क रिसोर्टले हाल भारतको जयपुर, लखनउ र आगरा सहित विभिन्न स्थानमा धेरै होटलहरू सञ्चालन गरिरहेको छ । भविष्यमा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई चार तारेबाट स्तरोन्नति गरि पाँच तारे होटलमा रुपान्तरण गर्ने योजना समेत रहेको छ ।