काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पाँच जना शेयरधनीहरुको नाममा रहेको ९८ हजार ४९० कित्ता संस्थापक शेयर मंसिर १९ गतेदेखि निष्कासनमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने गरी यी शेयर निष्कासनमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापकहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयभित्र विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।