शीर्षकहरू

दोहोरो अंकले बढेको शेयर बजारमा ६ कम्पनीमा सर्किट

दोहोरो अंकले बढेको शेयर बजारमा ६ कम्पनीमा सर्किट

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक १७.८० अंकले बढेर दुई हजार ७७५.८५ अंकमा बजार बन्द भएको छ । आज कारोबारमा आएका २४४ मध्ये १४२ कम्पनीले नाफा कमाएका छन् भने ९७ कम्पनीले गुमाउँदा ५ कम्पनीको शेयर स्थिर रहेको छ । 

बुधबार छवटा कम्पनीको शेयरमा सर्किट लागेको छ । यसदिन दीब्यश्वरी हाइड्रोपार, इङवा होइड्रोपावर, खानीखोला जलविद्युुत लगायतका शेयरमा सर्किट लागेको हो । आज कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ५२ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर खरिदबिक्री भएको छ ।