काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासनका लागि बोर्डबाट मंसिर १७ गते स्वीकृति पाएको जानकारी नेप्सेमार्फत गराएको हो ।
यद्यपी बोर्डले भने आफ्नो वेवसाइटमा आवेदनको अवस्थामै कम्पनीको एफपीओ देखाएको छ । कम्पनीले २०८० साल भदौ २४ गते उक्त एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेको थियो ।
कम्पनीको एफपीओ विक्री प्रबन्धकमा सन््राइज क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ छ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७०० रुपैयाँ नजिक छ ।