काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरो खस्दा एक माइक्रो बस पुरिएकोे छ । भने एक बस र जेसीवीमा क्षेति पुगेको छ । तत्कालै उक्त क्षेत्रमा रहेको सडक डाइभर्जन नै पुरिएकाले सवारीसाधन चल्न सक्ने अबस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आर्थिकन्यूजलाई बताइन । उनले भनिन,‘ सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।’
प्रहरीले मात्र गरेर यो बाटो तत्काल खुल्ने अबस्था नरहेको र सडक डिभिजन कार्यालयलाई समेत खबर गरिसकिएको उनले बताइन । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पुरेको हो । यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।उक्त परिहोमा कुनै पनि मानविय क्षति भने हुन नपाएको प्रहरी उपरीक्षक वसुन्धरा खड्काले बताइन ।