शीर्षकहरू

विकास बैंकहरुले साउनमा कमाए ८५ करोड नाफा

विकास बैंकहरुले साउनमा कमाए ८५ करोड नाफा

काठमाडौं । गएको साउन महिनामा विकास बैंकहरुले ८५ करोड रुपैयाँ भन्दा बढी खुद नाफा गरेका छन् । साउनमा विकास बैंकहरुले ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रोमा रहेको मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

साउनमा महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख खुद नाफा कमाएको छ । यस अवधिमा गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ नाफा कमाउँदा कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

छ बैंकले भने घाटचा व्यहोरेका छन् । साउनमा एक्सेलले खुद ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोर्दा ग्रिन डेभलपमेन्ट बैंकलाई ८६ लाख रुपैयाँ घाटा भएको छ । साउनमा सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।