शीर्षकहरू

सिन्धु विकास बैंकमा सीईओ पदमा जागीर खुल्यो

सिन्धु विकास बैंकमा सीईओ पदमा जागीर खुल्यो

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा जागीरका लागि दरखास्त माग भएको छ । बैंकको व्यवस्थापनले रिक्त पदपूर्तिका लागि सीईओ पदमा दरखास्त आह्वान गर्दै आज एक सूचना जारी गरेको छ । बैंकको सूचनाका अनुसार उक्त पदका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तरको योग्यता तोकेको छ ।  

बैंकको उक्त पदका लागि क वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव समेत हुनुपर्ने तोकेको छ । इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र बैंक ठेगानामा आवेदन पेश गर्न सूचनामा भनिएको छ ।