शीर्षकहरू

आजको विदेशी मुद्राको विनियमदर : युरो बलियो बन्दै

आजको विदेशी मुद्राको विनियमदर : युरो बलियो बन्दै

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८९ पैसा छ । विहीबार युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४० पैसा थियो । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७२ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८ रूपैयाँ ४३ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५६ पैसा र बिक्रीदर २८ रूपैयाँ ६९ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३६ रूपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रूपैयाँ ४१ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३९ पैसा तोकिएको छ ।