शीर्षकहरू

सात पटकसम्म लगातार बजेट ल्याउने भारतकी पहिलो अर्थमन्त्री बन्दै निर्मला सीतारमण

सात पटकसम्म लगातार बजेट ल्याउने भारतकी पहिलो अर्थमन्त्री बन्दै निर्मला सीतारमण

एजेन्सी । भारतका वित्तमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गर्दैछिन् । बजेट अधिवेशन जुलाई २२ देखि अगष्ट १२ गतेसम्म चल्नेछ । भारतीका अर्थमन्त्रीमध्ये उनी पहिलो अर्थमन्त्री बन्नेछिन् । यसअघि मोरारजी देसाईले लगातार ६ वटा बजेट प्रस्तुत गरेका थिए ।

संसदीय मामिला मन्त्री किरण रिजिजुले शनिबार यो जानकारी दिए। केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले अनुमोदन गरेको उनले बताए । यो बजेट नयाँ सरकारको पहिलो पूर्ण बजेट हुनेछ । सरकारले फागुनमा अन्तरिम बजेट प्रस्तुत गरेको थियो ।

यो बजेटले मध्यमवर्गलाई करमा छुट दिने, महिला सशक्तीकरण, किसानको आम्दानी र रोजगारी बढाउने विषयमा केन्द्रित हुन सक्ने अनुमान गरिएको छ । रक्षा, रेलवे, पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रहरूमा पनि धेरै बजेट छुट्याउन सक्ने बताइएको छ । स्टार्टअपहरूमा लगाइएको एन्जिल कर घटाउने,आन्ध्र प्रदेशले १ लाख करोडको विशेष प्याकेज पाउन सक्ने अनुमान गरिएको छ ।