शीर्षकहरू

गार्डियन माइक्रो लाइफले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

गार्डियन माइक्रो लाइफले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो । 

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कम्पनीले कुमारी क्यापिटललाई दिएको हो । सोमवार कम्पनी र विक्री प्रबन्धककाबीच आईपीओ निष्कासनका लागि आवश्यक जिम्मेवारी पुरा गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

उक्त सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित उक्त कम्पनी नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । 

कम्पनीमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट छन्  । कम्पनीले केन्द्रीय कार्यालय सहित शाखा उपशाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ वटा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।