शीर्षकहरू

गाँजाबाट बनेको औषधीलाई जापानमा कानूनी मान्यता

गाँजाबाट बनेको औषधीलाई जापानमा कानूनी मान्यता

एजेन्सी । जापानको संसदले बुधबार भाङ (गाँजा)बाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ । जापानको माथिल्लो सदन (नेशनल डाइट) ले बुधबार संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको हो, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।

संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल (टीएचसी)’, बोटमा पाइने एक मनोवैज्ञानिक रसायनलाई लागुऔषधको रूपमा व्यवहार गरिनेछ, जसको प्रयोगमा युवाहरू र अरूलाई दुरुपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाइनेछ ।

जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ, देशले औषधीय प्रयोजनबाहेक यसको प्रयोगमा प्रतिबन्ध लगाउनेछ । यससम्बन्धी उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजाय को व्यवस्था गरेको छ । तर मेडिकल उत्पादनका लागि बिरुवा हुर्काउन पनि अनुमति दिइनेछ ।

औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई भने अपराधीकरण गरेको छ ।