शीर्षकहरू

डिशहोममा नयाँ नेपाली फिल्मको मेला

डिशहोममा नयाँ नेपाली फिल्मको मेला

काठमाडौं । वर्ष भरि रिलिज भएका सर्वाधिक (सुपरहिट)  नेपाली चलचित्रहरु, डिशहोममा मात्र प्रदर्शन भइरहेको कम्पनीले जनाएको छ । विभिन्न कारण वस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्ने वातावरण बनेको कम्पनीले जनाएको छ ।

 अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदि कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र भिंmगेदाउ डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा असोज ५ गतेदेखि प्रदर्शन भईरहेको छ । 

छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् ।

सिनेमा घर च्यानल नं. १०८ माचलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२०००मा फोन सम्पर्क गरेर सदस्य बन्न सकिने छ । त्यस्तै, डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससंगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ ।