शीर्षकहरू

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुदैं

राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुदैं

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले भदौ १५ गते विशेष साधारण सभा बोलाएको छ । साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थानको प्रधान कार्यालय रामशाह पथ, काठमाडौंमा अपरान्ह ३ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम संस्थालाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा संस्थानले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको हो । हाल संस्थानको चुक्तापूँजी १८ करोड १० लाख २० हजार रूपैयाँ रहेको छ । 

संस्थानले संस्थापक शेयरधनीहरूबाट हकप्रद शेयरमार्फत पूँजी जुटाउने प्रस्ताव भने पारित गरिसकेको छ । संस्थानले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडबाट हकप्रद मार्फत पूँजी जुटाउने प्रस्ताव पारित गरेको हो । विशेष साधारण सभामार्फत कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्नुका साथै पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्दा गर्नुपर्ने सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत हुनेछ ।