काठमाडौं । निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीइओ) विजय बहादुर शाहलाई पदबाट हटाइएको छ । कम्पनीमा उनको डेढ वर्ष कार्यकाल बाँकी हुँदै कम्पनीको सञ्चालक समितिले शाहलाई हटाएको हो।
सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले जारी गरेको पत्रमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी त्यही कार्यरत डीसीओ अञ्जु श्रेष्ठलाई कार्यवहाक कार्यकारी प्रमुखको अधिकारी दिएको छ ।