शीर्षकहरू

एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे ४० अर्ब बीमाशुल्क

एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे ४० अर्ब बीमाशुल्क

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७९/८० मा ४० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत आवको साउनदेखि असार मसान्तसम्ममा ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क २७ लख ९२ हजार ५१३ बीमालेख बिक्री गरेर संकलन भएको हो । 

नेपाल बीमा प्राधिकरणका अनुसार गत असार महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २ लाख ५५ हजार ९७ वटा बीमालेख बिक्री गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा अब्बल शिखर इन्स्योरेन्स देखिएको छ । गत आवमा यस कम्पनीले ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क दुई लाख ९८ हजार ६६ बीमालेख बिक्री गरेर आएको हो । 

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ । यस कम्पनीले ३ लाख २९ हजार ९९६ बीमालेख बिक्री गरेर चार अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेको तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चार अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेको इन्स्यारेन्सले एक अर्ब ५८ करोड ५८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।  

बीमा प्राधिकरणका अनुसार गत आवमा राष्ट्रिय बीमा कम्पनीले दुई अर्ब ३१ करोड ७ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले दुई अर्ब ४० करोड ५४ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले दुई अर्ब ३२ करोड ४४ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्यारेन्स कम्पनीले तीन अर्ब ४१ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।  

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये नेशनल इन्स्योरेन्स कम्पनीले गत आवमा एक अर्ब एक करोड ८९ लाख बीमा शुल्क संकलन गरेको छ । यसका साथै नेपाल इन्स्योरेन्स कम्पनीले एक अर्ब ५८ करोड ५८ लाख बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, आइजिआई पु्रडेन्सियल इन्स्योरेन्सले तीन अर्ब ३८ करोड ७७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब ६५ करोड ८७ लाख र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब ४९ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।