शीर्षकहरू

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् । अध्यक्ष ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे ।

साथै सोही अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि उपस्थित रहेका थिए ।