शीर्षकहरू

अजोड इन्स्योरेन्स अब युनाइटेड अजोड हुने

अजोड इन्स्योरेन्स अब युनाइटेड अजोड हुने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज सोमबार युनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न गरेको छ । यस कम्पनीले २०७९ चैत्र मसान्तसम्ममा प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, ३० वटा शाखा, २९ वटा उपशाखा कार्यालयहरु, ६ वटा बीमा एक्सटेन्सन काउण्टरहरु र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुबाट सेवाहरु सञ्चालनमा रहेका छन् । 

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा “United Ajod Insurance Limited” कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स नेपाल लिको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोवार मुल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२.५०ः१०० कायम गर्ने गरि गाभ्ने/गाभिन कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ ।