शीर्षकहरू

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँप्रिपेड स्टार्टर प्याकल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’यहि चैत्र ०३ गते शुक्रबार देखि संचालनमाआउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वाआधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् । 

ग्राहकले यो स्टार्टर प्याक कर सहित रु ५९९ माखरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागिमान्य रहनेछ । 

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दामाथिको रिचार्जमाबोनस पनिप्राप्त गर्न सक्छन् । ग्राहकले रु २०० देखि रु ४९९ को रिचार्जमा ५% बोनस क्यास ब्याकप्राप्त गर्न सक्छन् भने रु ५०० वा सो भन्दा बढिको रिचार्जमा १०% बोनसको मजालिन सक्छन् । 

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु ५९९ मा नै आफ्नो आवश्यकताअनुसार सिमखरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनिखरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकताअनुसार संचालनमा रहेका अन्यभ्वाइस तथा डेटाको विभिन्नप्याकहरु एनसेल एप तथाअन्यमाध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् । 

सेवालिनकालागिआफ्ना ग्राहकलाई एक उत्तमविकल्पप्रदानगर्दै नयाँ र आकर्षक स्टार्टर प्याकल्याइएको एनसेलले जनाएको छ । ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राखील्याइएका यो नयाँप्लानले, सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।