शीर्षकहरू

मोदी बने एक्समा सबैभन्दा धेरै फलो हुने नेता

मोदी बने एक्समा सबैभन्दा धेरै फलो हुने नेता

एजेन्सी । टेस्लाका सीईओ एलोन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोशल मिडिया प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गरिएको विश्वव्यापी नेता भएकोमा बधाई दिएका छन्। गत हप्ता, जुलाई १४ मा एक्समा प्रधानमन्त्री मोदीका फलोअर्सको संख्या १० करोड पुगेको थियो ।

योसँगै उनी एक्समा हालको सबैभन्दा धेरै फलो गर्ने विश्वका नेता बने। हाल  एक्समा प्रधानमन्त्रीका फलोअर्सहरूको संख्या १००.२ मिलियन छ। पछिल्लो ३ वर्षमा ३ करोडभन्दा बढी नयाँ मानिसले मोदीलाई फलो गरेका छन् । नरेन्द्र मोदी सन् २००९ मा एक्स(तत्कालीन ट्विटर) मा जोडिए ।