शीर्षकहरू

निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, माघमै‌ उठाए करिब ३ अर्ब बीमाशुल्क

निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, माघमै‌ उठाए करिब ३ अर्ब बीमाशुल्क

काठमाडौं । चालु आर्थिक वर्षकाे माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब भन्दाबढि बीमाहुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । 

कम्पनीहरुले यस अवधिमा १६ लाख ३६ हजार २८४ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जबकी निर्जिवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै २ लाख ४१ हजार १५२१ बीमालेख बिक्री गरेका थिए । जसबाट २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

निर्जीवन बीमा व्यवसायको क्षेत्रमा सबैभन्दा बढि बीमा व्यवसाय गर्नेमा शिखर इन्स्यारेन्स रहेको छ । जसले चालु आवको माघ मसान्तसम्म २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा नेको इन्स्यारेन्स रहेको छ । यस कम्पनीले सो अवधिमा १ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ । 

बीमा प्राधिकरणका अनुसार चालु आवको माघ महिनासम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ६९ करोड ८२ लाख रुपैयाँ र सिद्धार्थ इन्स्यारेन्स कम्पनीले एक अर्ब ५२ करोड २७ लाख, हिमालयन एभरेष्ट इन्स्यारेन्सले एक अर्ब ६९ करोड ८१ लाख रुपैयाँ, सगरमाथा इन्स्यारेन्स कम्पनीले एक अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब १९ करोड ७३ लाख रुपैयाँ, अजोड इन्स्यारेन्स कम्पनीले एक अर्ब ८ करोड १३ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब ४० करोड २८ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले एक अर्ब १२ करोड ४ लाख रुपैयाँ र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले ७६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

त्यसैगरी, यस अवधिमा आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ५ करोड ५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ९२ करोड ५९ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब १७ करोड ८७ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ६८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक हेर्दा बीमाशुल्क संकलनमा सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले चालु आवको माघ मसान्तसम्म ५८ करोड २२ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ । 

यस अवधिमा नेपाल इन्स्यारेन्स कम्पनीले ८८ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दि ओरिएन्टल इन्स्यारेन्स कम्पनीले ८४ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।