शीर्षकहरू

शकुन्तला बनिन् सामन्था, लगाइन् ३ करोडको गहना र ३० केजीको साडी

शकुन्तला बनिन् सामन्था, लगाइन् ३ करोडको गहना र ३० केजीको साडी

एजेन्सी। बलिउड नायिका सामन्था प्रभु छिट्टै कालिदासको नाटक ‘अभिज्ञान शकुन्तलम’ मा आधारित फिल्म ‘शकुन्तलम’ मा देखिने भएकी छिन् । यो फिल्मका लागि उनले एक हप्तासम्म ३ करोडको गहना र करिब ३० केजी तौलको साडी लगाएर सुटिङ गरेकी छिन् । यो चलचित्रमा राजा दुष्यन्त र शकुन्तलाको प्रेमकथालाई चित्रण गरिएको छ ।

चलचित्रमा शकुन्तलाको भूमिका सामन्थाले निभाइरहेका छन् भने अभिनेता देवमोहन राजा दुष्यन्तको भूमिकामा देखिनेछन् । फिल्म १७ फेब्रुअरी २०२३ मा भारतमा रिलिज हुनेछ।

कालिदासको विश्व प्रसिद्ध नाटक अभिज्ञान शकुन्तलममा आधारित यस चलचित्रलाई पुरस्कार विजेता निर्देशक गुणशेखरले निर्देशन गरेका हुन् । फिल्म थ्रिडीमा रिलिज हुने भएकाले फिल्मको रिलिजमा ढिलाइ भएको हो ।

यो चलचित्र यसअघि ४ नोभेम्बर २०२२ मा रिलिज हुने भनिएको थियो तर थ्रिडी रूपान्तरणमा भएको ढिलाइका कारण चलचित्रको रिलिज स्थगित भएको थियो । फिल्मको बजेट करिब ६० देखि ७० करोड रहेको छ ।

५ जनवरीमा सामन्थाले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकी छिन् जसमा उनी शकुन्तलमका लागि डब गरिरहेको देखिन्छिन् । सामन्थाले तस्बिरसँगै क्याप्सन पनि लेखेकी छिन्– ‘संसारमा यो पागलपन, दुःख र हानिको उपचार कला हो । उल्लेखनीय कुरा के छ भने सामन्थाले ३ महिनाअघि आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको बताएकी थिइन् । यो कुरा अभिनेत्री आफैले सामाजिक सञ्जाल पोस्टमार्फत खुलासा गरेकी हुन् । यद्यपि उनले आफू बिरामी भएको र छिट्टै निको हुने बताएकी थिइन् ।

सामन्थाको पछिल्लो फिल्म ‘यशोदा’ थियो, जसले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । शकुन्तलम बाहेक सामन्था रोमान्टिक ड्रामा फिल्म ‘खुसी’ मा विजय देवरकोंडाको अपोजिटमा देखिनेछिन् । यो फिल्म पहिले डिसेम्बरमा रिलिज हुने तय थियो तर एक अन्तर्वार्तामा विजयले फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुने बताए ।

सामन्था अमेरिकी सिरिज सिटाडेलको भारतीय रिमेकमा पनि देखिनेछिन् । यसमा उनीसँगै वरुण धवन पनि देखिनेछन् । यसअघि समन्थाले बिमारीका कारण यो प्रोजेक्ट छाडेको खबर आए पनि पछि उनी नजिकको स्रोतले फिल्मबाट पछि हटेको खबर गलत भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले खबर प्रकाशित गरेका छन्।