शीर्षकहरू

राजेश हमालले मतदान गरेपछि यस्तो इच्छा व्यक्त गरे

राजेश हमालले मतदान गरेपछि यस्तो इच्छा व्यक्त गरे

काठमाडौं । नेपाली चलिचित्रको अभिनेता तथा महानायकका रुपमा चिनिएका राजेश हमालले अर्को चिर्वाचनमा आफू उम्मेदवार भएर उठ्ने इच्छा देखाएका छन् । आइतबार काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेर निष्कने क्रममा यस्तो इच्छा व्यक्त गरेको हुन् ।

 अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।  हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए । २०२१ साल जेठ २८ गते, पाल्पा, तानसेनमा जन्मिएका हमाल एक चर्चित अभिनेता हुन्।  उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। 

 हमालले २ दशकभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कारबाट समेत सम्मानित भइसकेका छन छ। 

उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एमए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।