शीर्षकहरू

फ्लिपकार्टलाई एक लाख रुपैयाँ जरिवाना

फ्लिपकार्टलाई एक लाख रुपैयाँ जरिवाना

एजेन्सी । भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले ई-कमर्स कम्पनी फ्लिपकार्टलाई एक लाख रुपैयाँ जरिवाना लगाएको छ। यो जरिवाना फ्लिपकार्टलाई कम गुणस्तर (गुणस्तर मापदण्ड पूरा नगरेको) घरेलु प्रेसर कुकर बेचेको कारण लगाइएको हो। प्राधिकरणका अनुसार,फ्लिपकार्टले आफ्नो ई-कमर्स प्लेटफर्ममा त्यस्ता प्रेसर कुकरहरू बेचेर कुल १,८४,२६३ रुपैयाँ कमाएको छ।

सीसीपीए प्रमुख आयुक्त निधि खरेले फ्लिपकार्टलाई आफ्नो प्लेटफर्ममा गुणस्तरहीन प्रेसर कुकर बेचेको र उपभोक्ता अधिकार उल्लङ्घन गरेकोमा १ लाख रुपैयाँ भारु जरिवाना गरिएको बताए। कम्पनीले बिक्री गरेका ५ सय ९८ प्रेसर कुकर फिर्ता गरी ग्राहकलाई रकम फिर्ता गर्न आदेश दिइएको छ । यसका साथै कम्पनीलाई ४५ दिनभित्र अनुपालन प्रतिवेदन बुझाउन पनि भनिएको छ ।

यस महिनाको सुरुमा इ(कमर्स प्रमुख अमेजनलाई पनि गुणस्तरीय मापदण्ड पूरा नगर्ने प्रेसर कुकर बेचेको आरोपमा १ लाख रुपैयाँ जरिवाना गरिएको थियो। यस बाहेक, यस वर्ष मार्चमा, सीसीपीएले ई-कमर्स कम्पनी पेटीएम मल्ल र स्न्यापडीललाई निर्धारित मापदण्डहरू बेवास्ता गरी प्रेसर कुकरहरू बेचेकोमा १-१ लाख रुपैयाँ जरिवाना लगाएको थियो। कम्पनीहरूले बेचेका यी प्रेसर कुकर फिर्ता गर्न र ग्राहकले तिरेको रकम फिर्ता गर्न आदेश दिइएको थियो।