शीर्षकहरू

शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै

शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न साउन २८ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाने भएको छ । 
बीमा समितिबाट जारी भएको २०७६ निर्देशिकाअनुसार बीमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्न वा प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षरण गर्ने विषय सभाको रहेको छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २६ गते एक दिन बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।