शीर्षकहरू

हकप्रद सेयर जारी गर्दै शिखर इन्स्योरेन्स

हकप्रद सेयर जारी गर्दै शिखर इन्स्योरेन्स


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले तीस प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी साउन २८ गते राजधानीमा डाकेको चौधौं वार्षिक साधारणसभाबाट कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

कम्पनीले नियामक निकायबाट जारी भएको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने प्रस्ताव साधारणसभामार्फत लैजान लागेको छ । त्यसका लागि सम्पूर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यताप्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत मर्ज गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अबलम्बन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी पनि साधारणसभाले गर्ने कम्पनीले जनाएको छ ।

साधारणसभामार्फत प्रबन्धपत्र तथा नियमाबलीमा आवश्यक संशोधन गर्ने र सोको कार्य सम्पन्नगर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने कमपनीले जनाएको छ । साथै संशोधित प्रबन्धपत्र तथा नियमाबली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।