शीर्षकहरू

एनएलजी इन्स्योरेन्सले लाभांश नदिने, हकप्रद भने दिने

एनएलजी इन्स्योरेन्सले लाभांश नदिने, हकप्रद भने दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । एनएफआरस प्रणाली अनुसार  २४ करोड ७६ लाख नाफा गरे पनि जगेडा कोषमा कायम गनुपर्ने भएकाले लाभांश नदिने भएको हो । कम्पनीले पूँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ । उक्त हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी रू. ६४ करोड ४ लाख रहेको छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पुँजी १ अर्ब पुग्नेछ ।