aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

जलविद्युत् आयोजनाको सुरुङ मार्गको पहिरोमा १५ जना पुरिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
जलविद्युत् आयोजनाको सुरुङ मार्गको पहिरोमा १५ जना पुरिए
File:Photo
NIBL-Capital-inside
LBEF

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा पहिरोमा परि १५ जना मजदुर पुरिएका छन् । उक्त आयोजना निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार भित्रै थुनिएका हुन ।  गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने १११ मेगा क्षमताको आयोजना स्थलमा बिहीबार साँझ एक्कासी  सुख्खा पहिरो खसेपछि मजदुर पुरिएका हुन ।

पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जून भण्डारीले जानकारी दिए । उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन । उनले भने, 'पहिरो गएको स्थान धेरै अग्लो स्थानमा भएकाले ठूला लाइटहरु चाहिने भएकाले उद्दार गर्न समस्या भइरहेको छ । तर, भित्र भएका सबै जना सकुशल रहेको भित्र रहेको सञ्चार सेटबाट खबर आइरहेको छ ।'

‘उद्दारका लागि सीमा सुरक्षा चौकी, स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगे जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस