शीर्षकहरू

डेलिभरी ब्वायबाट आफ्नै अनलाईन व्यवसाय

डेलिभरी ब्वायबाट आफ्नै अनलाईन व्यवसाय

काठमाडौं । अनलाईन डेलिभरी ब्वायको कामबाट व्यापार सिकेका अषेश प्रसाईंले आफ्नै अनलाईन पसल शुरु गर्न सफल भएका छन् । एक वर्ष अघिमात्र शुरु गरेको ब्रदर मार्ट नामबाट अनलाइन संचालन गर्दै आएका प्रसाईले नविनतम अवधारणा सृजना गरी डाईरेक्ट क्यास बोनस स्किम समावेश गरेर आफ्नो अनलाइन व्यवसाय शुरु गरेका छन् । विभिन्न समाजिक सञ्जालमाफर्त ब्रण्ड एम्बेस्डर बनेर त्यसको सामान विक्री गरिदिए वापत कमिशन पनि उपलब्ध गराउन गरेको प्रसाई बताउछन् । 

यसरी नविन अवधारणाको प्रतिपादन गर्दै ब्रदर मार्टले आफ्ना शुभचिन्तकहरुको लागि आफै व्यावसायमा जोडिदै आयआर्जन गर्ने अवसरको समेत सुविधाउपलब्ध गराएको उनी बताउछन । सियोदेखि जहाजसम्म भन्ने अवधारण अर्तगत ब्रदरमार्ट अनलाईनले हालसम्म दशहजारभन्दा बढि विभिन्न प्रोडक्टहरु आफ्नाग्रहकका लागि एकै ठाउमा सहज तथा सुलभ मूल्यमा उलब्ध गराईदिने व्यावस्था मिलाई उनी दावी गर्छन । 

यस अनलाईन र्माकेटको मुख्य विशेषता भनेको ग्राहकले सामान आफू उपस्थित स्थानमा प्राप्त गर्न सक्ने छ । तर, यस सेवा वापत उसले छुटै मूल्य भने र्तिनु पर्ने छैन । साथै ग्राहहरुको सुविधाको लागि कार्यालय विहान नौ बजेदेखि बेलुकी नौ बजेसम्म सेवा प्रदान गर्नुको साथै हप्ताको सातै दिन ढुक्क साथ ग्राहकले अडर गरेको सामान डिलेवरी सेवा पाउने छन् । 

यी विषेश सुविधाहरुको अतिरिक्त सो र्माकेटको ग्राहकका लागि सामानमा चित्त नबुझेको खंण्डमा उसको सामान सहज रुपमा साट्टन पाइने व्यावस्था मात्र नभएर मन नपरे निर्बाध रुपमा चौबिस घण्टा भित्र सामान फिर्ता गर्ने समेत सुविधा छ ।

त्यसै गरी विभिन्न किसिमका उपाहार र ८० प्रतिशतसम्म विशेष छुटको सुविधाको पनि विषेश व्यवस्था उपलब्ध छ । ब्रदर मार्टले मात्र एक वर्षको अवधिमा देशको विभिन्न शहर हुदै नेपाल भरि डिलेवरी सेवा उपलब्ध गराउने योजना रहेको सञ्चालन प्रसाई बताउछन् ।