aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

कारोनाबाट चीनमा दश दिन अघि नै साढे २४ हजारको मृत्यु भएको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
Sunrise
HIb
कारोनाबाट चीनमा दश दिन अघि नै साढे २४ हजारको मृत्यु भएको खुलासा
LBEF

काठमाडौं ।  अहिले संसारभरि नै कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा चीनले भने सङ्क्रमित तथा मृतकको सङ्ख्या लुकाएको हुनसक्ने आशङ्का बढेको छ । बिशेषगरि पश्चिमा मुलुकहरूले यस्तो संशय व्यक्त गरिरहेको बेला चीनमा नै अत्याधीक प्रयोग गरिने च्याटिङ एप (क्यु क्यु ) ले दश दिन अगाडी नै कोरोनाको कारण साढे २४ हजारको मृत्यु भैसकेको जनाएको थियो।

‍‍च्याटिङ एप (क्यु क्यु ) ले फेब्रुअरी १ मा नै मृतकको सङ्ख्या २४ हजार ५८९ भनेर देखाएको थियो । सो आँकडामा सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार २३ जना उल्लेख छ । तर, चीनको स्वास्थ्य मन्त्रालयले सर्वजनीक गरेको हिजो (फेब्रुअरी १०) सम्मको तथ्याङ्कमा पनि लगभग एक हजार जनाको मात्र मृत्यु भएको र करिब ४३ हजार जना मात्र सङ्क्रमित रहेको देखाएको छ ।

‍यसरी क्यु क्यु ले फेब्रुअरी एकमा सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार पाँच सय ८९ जनाको मृत्यु भएको देखाएको छ । तर क्यु क्युले उक्त तथ्याङ्कलाई लुकाएर भोलिपल्ट अर्थात् फेब्रुअरी २ मा भने घटाएर ३०४ जनाको मात्र मृत्यु भएको देखाएको थियो । यो प्रमाणको आधारमा चीनले मृतक तथा सङ्क्रमितको सङ्ख्या लुकाएको हो भन्ने दाबी ताइवानको चर्चित पत्रिका 'ताइवान न्युज'ले गरेको छ।

त्यस्तै बेलायतको 'दी लान्सेट' जर्नलमा छापिएको वैज्ञानिक अनुसन्धानमा आधारित एक लेखमा पनि जनावरी २५ मै सङ्क्रमितको सङ्ख्या ७५ हजार ८ सय हुनसक्ने अनुमान गरेको थियो । सो अनुसन्धानात्मक लेखबाट पनि वास्तविक सङ्ख्या लुकाएको हो की भन्ने अशंका बलियो हुन्छ ।

‍त्यस्तै, केही पश्चिमी र भारतीय मिडियाहरूले चीनले मृतकको सङ्ख्या लुकाउँदै ठुलो सङ्ख्यामा शव जलाएको आरोप लगाएका छन् । शव जलाउँदा सल्फर डाइअक्साइड ग्यास निक्लने बताउँदै स्याटलाइटबाट लिइएको केही तस्बिरमा चीनको वुहान सहर माथिको आकाशमा एकदमै धेरै मात्रामा सल्फर डाइअक्साइड ग्यास देखिएको जनाइएको छ ।‍

‍सो सम्बन्धी प्रकाशित समाचारहरूमा सो रसायनको मात्राको विश्लेषण गर्दै कम्तीमा १४ हजार मानिसहरू त्यहाँ जलाएको हुनुपर्ने निष्कर्ष निकालिएको छ।

यो आशङ्कालाई थप बल पुर्‍याउने अर्को आधार स्वयम् चीन सरकारले त्यहाँ गरेको कडाइ र सावाधनिमा अपनाएको उच्च सतर्कतालाई लिन सकिन्छ। अहिले चीनले जुन प्रकारको सावधानी अपनाएको छ त्यस्तो कुनै पनि मुलुकले आजसम्म कुनै पनि बेला अपनाएको देखिँदैन । चीन सरकारले देश भरिनै सकेसम्म मानिसलाई घरबाट बाहिर ननिक्लन निर्देशन दिइरहेको छ । जम्मा तीन दिनको लागी दिइएको बिदालाई लम्ब्याएर १९ दिनसम्म पुर्‍याउने त्यहाँको सरकारको निर्णयले पनि आशङ्कालाई बलियो बनाएको हो। अहिले पनि चीन सरकारले सङ्क्रमित क्षेत्रमा भाइरस फैलन नदिन औषधी छर्की रहेको छ ।

‍यसरी सारा चीन भरि नै एक प्रकारको अघोषित कर्फ्युको वातावरणलाई हेर्दापनी सामय ढङ्गको २ प्रतिशतको मृत्यु दर भएको रोगको लागी मात्र त्यस्तो कडा नियम बनाएको होइन भन्न सकिन्छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार सामान्य रुघाखोकी (सिजनल भाइरल फ्लु ) को नै एक प्रतिशत मृत्यु दर हुन्छ।

चीनकाे वुहानमा १४ हजार शव जलाएको आशंका

प्रतिक्रिया दिनुहोस