शीर्षकहरू

प्रुडेन्सियलको सहयोगमा न्याना सामान वितरण

प्रुडेन्सियलको सहयोगमा न्याना सामान वितरण

काठमाडौं ।विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा बाराको मुसहर बस्तीमा न्याना सामान वितरण गरिएको छ । यस अन्तर्गत बारा जिल्लाको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो । सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो ।

तेलकुवाको वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको हो । 

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।