शीर्षकहरू

प्रभु इन्स्योरेन्सले लाभांश दिने घोषणा

प्रभु इन्स्योरेन्सले लाभांश दिने घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी २४औं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।