शीर्षकहरू

८ महिनामा निर्जीवन बीमकहरुले बेचे साढे १८ लाख बढी पोलिसि, शिद्धार्थ प्रिमियर अगाडी

८ महिनामा निर्जीवन बीमकहरुले बेचे साढे १८ लाख बढी पोलिसि, शिद्धार्थ प्रिमियर अगाडी

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ वटा बीमालेख बिक्री गरेका छन् । सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले फागुन मसान्तसम्म उक्त बीमालेख बिक्री गरेर कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये सबैभन्दा धेरै बीमालेख सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बिक्री गरेको छ । सिद्धार्थ प्रिमियरले २ लाख ७११ वटा बीमालेख बिक्री गर्दा शिखर इन्स्योरेन्सले १ लाख ९७ हजार २५८, नेको इन्स्योरेन्सले १ लाख ९० हजार २९२ वटा र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ८५ हजार ८७ वटा पोलिसि बिक्री गरेको छ । 

धेरै बीमाशुल्क संकलन गर्नेमा भने शिखर अगाडि छ । शिखरले ४ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनीले ३ अर्ब ३२ करोड रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । 

null