काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा लघु निर्जीवन बीमा कम्पनीहरूले ५७ करोड ९६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन् । ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरूले उक्त व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।
जसमध्ये सबैभन्दा बढी व्यापार नेपाल माइक्रो इन्स्योरेन्सले गरेको छ । नेपाल माइक्रोले चालु आवको ८ महिनासम्ममा १६ करोड ६४ लाख रुपैयाँ बढीको व्यापार गरेको छ भने प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्सले १४ करोड ६३ लाख रुपैयाँको व्यापार गरेको छ । यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले १३ करोड ५१ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ करोड १६ लाख रुपैयाँको कारोबार गरेको हो ।
नेपाल माइक्रोले ६५ हजार ८३७ वटा बीमा पोलिसि बिक्री गर्दा प्रोटेक्टीभ माइक्रोले ५५ हजार ६२३, स्टारले ६१ हजार ९४ र ट्रस्ट माइक्रोकोले ४७ हजार ५४३ वटा बीमालेख जारी गरेको छ ।
४ कम्पनीले कुल २ लाख ३० हजार वटा बीमा पोलिसि बिक्री गरेका छन् । जसमध्ये फागुन महिनामा मात्रै कम्पनीहरूले ७ करोड ६७ लाख रुपैयाँ बढीको २९ हजार ७५९ वटा पोलिसि बिक्री गरेका हुन् ।