काठमाडौं । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीको छठौं अधिवेशनबाट रुमाखर गौतम अध्यक्ष, प्रथम उपाध्यक्ष अमित थापा सचिव लिला प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष १ पदमा मधुसुदन आचार्य र सुरेन्द्र कुमार पटेल,उपाध्यक्ष १ पदका लागि बसन्तराज भट्टराई, झबिन्द्र बहादुर चोखाल, महासचिवमा बिष्णु प्रसाद सुवेदी, बालकिसुन गुप्ता र सन्तराम पाण्डे, कोषाध्यक्षमा वैजनाथ यादव र रविन खरेलको उम्मेदवारी परेको छ ।
५ जना कार्यसमिति सदस्यको लागि १५ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शेषमणि पोखरेलले जानकारी दिए।