काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व कायम रहेका लगानीकर्ताको संख्या १३ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को विवरणमा ठूला शेयरधनीको संख्या १३ रहेको छ ।
जसमध्य कम्पनीमा सबैभन्दा धेरै शेयर दुई वटा वाणिज्य बैंकले होल्ड गरेका छन् । सानिमा बैंक र सिद्धार्थ बैंकले कम्पनीको साढे १३ प्रतिशत अर्थात साढे ५५ लाख कित्ता शेयर होल्ड गरेका छन् ।
सो कम्पनीमा सानिमा बैंकको २९ लाख १७ हजार ६०० कित्ता शेयर तथा ६.९७ प्रतिशत स्वामित्व रहेको छ भने सिद्धार्थको २६ लाख ४० हजार कित्ता शेयर तथा ६.३१ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, जीवा राज लामिछानेको २३ लाख ८० हजार ९७० कित्ता शेयर तथा ५.६९ प्रतिशत स्वामित्व कायम रहँदा घनश्याम थापाको १३ लाख ५१ हजार ४७४ कित्ता शेयर तथा ३.२३ प्रतिशत स्वामित्व रहेको छ ।
त्यसैगरी, अरुण कुमार ओझाको १२ लाख ६६ हजार कित्ता शेयर तथा ३.०३ प्रतिशत स्वामित्व, विनय कुमार श्रेष्ठको १२ लाख ५५ हजार ६१० कित्ता शेयर तथा ३ प्रतिशत स्वामित्व, अग्नि होल्डिङको १० लाख कित्ता शेयर तथा २.३९ प्रतिशत स्वामित्व, टेक राज निरौलाको ९ लाख २७ हजार ३८० कित्ता शेयर तथा २.२२ प्रतिशत स्वामित्व, शम्भा लामाको ७ लाख २९ हजार ४ सय कित्ता शेयर तथा १.७४ प्रतिशत स्वामित्व र खेम राज लामिछानेको ७ लाख १८ हजार ९८० कित्ता शेयर तथा १.७२ प्रतिशत स्वामित्व रहेको छ ।
यस्तै, कम्पनीमा सोनम ग्यात्सोको १.४९ प्रतिशत स्वामित्व रहेको छ भने प्रविन गोइकाको १.३९ र सविता केडियाको १.१६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।