शीर्षकहरू

बलेफी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँड

बलेफी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँड


काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले  कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएको छ । फागुन ५ देखि १९ गतेसम्म अवितररित हकप्रद शेयर विक्रीमा राखेको थियो । 

कम्पनीले फागुन २२ मा गोप्य शिलबन्दी खोली २७ गते बाँडफाँट गरेको कम्वनीले जनाएको छ । कम्पनीले लकइनमा रहेको संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता तथा लकइनमा नरहेको सर्वसाधारणको ६ लाख १३ हजार ५७३ कित्ता शेयरको बिक्री खुलाएको थियो । 

जसमध्ये बाँडफाँटको अन्तिम मूल्य संस्थापक शेयरको २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको २२६ रुपैयाँ र लकइनमा नरहेको सर्वसाधारण शेयरको ३२२.५० रुपैयाँ तोक्ने भएको छ । 


साथै, बाँडफाँटमा नपरेका आवेदकहरुको शेयरबापतको रकम बुधबारदेखि नै फाराममा उल्लेखित बैंक खातामा भुक्तानी गरिएको पनि कम्पनीले जनाएको छ ।