शीर्षकहरू

जीवन बीमाको व्यापार खर्ब नजिक, १२ कम्पनीको व्यापार वृद्धि हुँदा २ वटाको घट्यो

जीवन बीमाको व्यापार खर्ब नजिक, १२ कम्पनीको व्यापार वृद्धि हुँदा २ वटाको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यापार ९.७९ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म जीवन बीमाको व्यापार ९.७९ प्रतिशतले वृद्धि भएको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । समग्रमा १४ बीमा कम्पनीमध्ये २ वटा कम्पनीको व्यापार घटेको छ भने १२ वटा व्यापार वृद्धि भएको छ । 

प्राधिकरणका अनुसार पछिल्लो ७ महिनामा जीवन बीमा कम्पनीहरूले ९५ अर्ब ३८ लाख रुपैयाँ बढीको व्यापार गरेको हुन् । गत वर्षको सोही अवधिमा ८६ अर्ब ८८ करोड रुपैयाँको व्यापार भएको थियो । 

यो अवधिमा सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ भने व्यवसाय वृद्धि गर्ने कम्पनीमा सिटिजन लाइफ रहेको छ । 

नेपाल लाइफले माघ मसान्तसम्म २३ अर्ब २० करोड रुपैयाँको व्यापार गरेको छ लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल र नेशनल लाइफले क्रमशः १० अर्ब १४ करोड र १० अर्ब ५ करोड रुपैयाँको व्यापार गरेका छन् । यता, सिटिजनको व्यापार २२ प्रतिशतले वृद्धि भएको छ भने रिलायबल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफको व्यापार क्रमशः २०.८९, १९.८६ र १८.२८ प्रतिशतले वृद्धि भएको छ । 

कुन कम्पनीको व्यापार र वृद्धि कति ?

null