शीर्षकहरू

सुपर माछा खोला जलविद्युत् आयोजनालाई वित्तीय लगानी जुट्यो

सुपर माछा खोला जलविद्युत् आयोजनालाई वित्तीय लगानी जुट्यो

काठमाडौं ।  ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई वित्तीय लगानी जुटेको छ । उक्त आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने भएपछि वित्तीय स्रोत जुटेको हो ।

गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको उक्त आयोजनाको लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । 

प्रबर्दक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने वांँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।  कम्पनिको प्राथमिक शेयर निष्काशन (आईपीओ) ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको कम्पनीले जनाएको छ ।