काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले साढे २ तलाको भवन खरीद गरेको छ । कम्पनीले कपिलवस्तु जिल्लाको तौलिहवामा १९०७ कित्ता नम्बरको ०–१–८–२ (बि–क–धु–क) को जग्गामा बनेको साढे २ तला भवन कम्पनीको स्वः प्रयोजनका लागि खरिद गरेको हो । कम्पनीले जग्गा समेतको भवन खरिद सम्बन्धि जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।