शीर्षकहरू

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

 इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिशेयर २१० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संथापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।