शीर्षकहरू

सूर्यज्योति लाइफ “चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३” बाट चारवटा विधामा सम्मानित

सूर्यज्योति लाइफ “चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३” बाट चारवटा विधामा सम्मानित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स “चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३” बाट चारवटा विधामा सम्मानित भएको छ ।  
२२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरको ‘ चौर्थौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ मा सूर्यज्योति लाइफले चारवटा व्धिा “बेस्ट वुमन इन लिडरशीप”, “बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग”, “बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन” र “बेस्ट लाइफ इन्स्योरेन्स” आवार्ड हासिल गर्न सफल भएकोछ । 

उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईलाण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी, इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा चारवटै बिधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले ग्रहण गरेका थिए । 

ऐतिहासिक सफल मर्जरको छोटो अवधिमै हरेक सूचांकहरुमा कम्पनीले उत्कृष्टता हसिल गर्दै आएको र यो अन्तराष्ट्रिय स्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिनुहुने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरुको प्रमुख भूमिका रहेको बताए । नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन र कम्पनीको सञ्चालक समितिको हौसला र विश्वाशको लागि प्रमुख कार्यकारी अधिकृत खत्रीले कृतग्यता व्यक्त गरे ।