शीर्षकहरू

एशियन लाईफको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त

एशियन लाईफको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेयर निष्काशनकालागिधितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पु¥याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले शेयर लाभांश र हकप्रद निष्काशन मार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान पेश गरे अनुसार हकप्रद शेयर जारी गर्न लागेको कम्पनीले बताएको छ ।  कम्पनीको हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर वितरणपछि यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्ने छ ।

आव आ.व.०८०÷०८१ को चैत्र मसान्तसम्ममा कूल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र शेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गरेको छ । साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ । 

कम्पनीले आ.व.०८०÷०८१ को चैत्र मसान्तसम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख रुपैयाँ, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । हाल यस कम्पनीले देशभर रहेका १३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्तामार्पmत्सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेकोे छ ।