शीर्षकहरू

सन नेपाल लाइफले बोलायो सधारण सभा, लाभांश र हकप्रद प्रस्ताव

सन नेपाल लाइफले बोलायो सधारण सभा, लाभांश र हकप्रद प्रस्ताव

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ९ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग केटरर्स प्रालि, कालिकास्थान, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रूपैयाँ रहेको छ ।

५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले २३ दशमलव ८० प्रतिशत बोनस शेयर र २७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको छ । बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत सभाले पारित गर्नेछ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रूपैयाँ कायम हुनेछ । 

उक्त पूँजीको आधारमा २७ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । २७ प्रतिशत बोनस शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड ७७ लाख ३२ हजार रूपैयाँ कायम हुनेछ ।

उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत कम्पनीले सभाका लागि तय गरेको छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यो साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।