शीर्षकहरू

हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट दिने

हिमालयन लाइफले व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं । साविक प्राइम लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखमा शतप्रतिशतसम्म छुट पाइने भएको छ । यी तीन कम्पनी मर्ज भई हाल हिमालयन लाइफको नामबाट कारोबार भइरहेको छ ।  

जेठ ६ गतेदेखि १८ गतेसम्म व्यतित बीमालेख नविकरण तथा पुनर्जागरण गर्दा ब्याज तथा जरिवानामा शतप्रतिशतसम्म छुट दिने जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार ३ वर्षसम्मको व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षमाथी देखि ५ वर्षसम्मको बीमालेखमा ५० प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्मको बीमालेखमा ३५ प्रतिशत र ७ वर्षमाथी देखि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत ब्याज तथा जरिवाना छुट गरिनेछ ।  

यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा कम्पनीले दिइएको छुट सूविधा एक पटक मात्र लागू हुनेछ । यी छुट सूविधाको उपयोग गरी नविकरण गराइएका बीमालेखहरु नविकरण भएको मितिले  दुई वर्षभित्र विमित तथा प्रस्तावकले समर्पण गर्न चाहेमा छुट वापतको रकम कट्टा गरेर मात्र भुक्तानी हुने जानकारी कम्पनीले दिएको छ ।