शीर्षकहरू

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक नियुक्त

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ः०.२७ को अनुपातमा जारी गर्न लागेको हकप्रदका विक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । उत्त कम्पनीले साविकका शेयरधनीलाई प्रति शेयर एक सय रुपैयाँदरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।