शीर्षकहरू

सहकारी ठग जीबी र रवीको कारोबार विवरण माग्दै बैंकहरूलाई सम्पत्ति शुद्धीकरणको पत्र

प्रहरी परिसरले सक्कल उजुरी नै कम्पनी रजिष्ट्रारमा पठायो

सहकारी ठग जीबी र रवीको कारोबार विवरण माग्दै बैंकहरूलाई सम्पत्ति शुद्धीकरणको पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारी ठग आरोपित जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेको समग्र आर्थिक कारोबार विवरण बुझाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

माघ ८ गते नै विभागले बैंक वित्तीय संस्थाहरूलाई पत्र पठाउँदै निजहरूले बैंकहरूबाट ऋण लिएको भए सोको विवरण तथा ऋण लिँदा पेश गरेका सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपी समेत विभागको ईमेल ठेगानामा पठाई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुसरोध गरेको थियो ।

विभागका प्रारम्भिक जाँचबुझ अधिकृतले हस्ताक्षर गरी पठाइएको पत्रमा काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने लालाचन्द्र लामिछानेको छोरा रवि लामिछाने र ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. १ बस्ने दीपहरि राईका छोरा जितेन्द्र बहादुर राईले गरेको बैंकिङ कारोबारको विवरण माग गरेको हो ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले पनि रवी लामिछानेविरुद्ध कम्पनी ऐन विपरीत झुठो लिखत र बै‌क स्टेटमेन्टका आधारमा गरेको शेयर दाखिल खारेज बदर र कारबाही माग गर्दै परेको उजुरी निवेदन कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको छ । हिजो (बुधबार) प्रहरी परिसरले सक्कल निवेदन नै आवश्यक कारबाहीका लागि कार्यालयमा पठाएको हो ।

लामिछानेले ग्यालेक्सी टेलिभिजन सञ्‍चालक गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको १ करोड रुपैयाँ लिएको प्रमाण सार्वजनिक भइसकेको छ । उनले थप झण्डै आधा दर्जनबाट कर्जा लिएर साँवाब्याज नै भुक्तानी नगरेको खबरहरू पनि बाहिरिइरहेका छन्‌ ।

रवीका व्यवसायिक साझेदार जीबी राई यतिखेर फरार छन्‌ भने लामिछानेले आफू बैंक/वित्तीय संस्था ठगीमा संलग्न नरहेको जिकिर गर्दै आएका छन्‌ । राईले सहकारीको नेटवर्क खडा गरी बचतकर्ताबाट कम्तिमा १६ अर्ब रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया