शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर बिक्री गर्दै विशाल ग्रुप

नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर बिक्री गर्दै विशाल ग्रुप

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री खुला गरेको हो ।

प्रतिशेयर २८० रूपैयाँ तोकिएको यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।

यी शेयर बाँडफाँटमा प्राप्त लगानीकर्ताहरूले वैशाख १८ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुनेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।